नियम ११७
सेवाको अन्त गर्ने
: (१) कुनै प्रहरी कर्मचारीलाई देहायको अवस्थामा निजको सेवा अन्त गर्नु पर्ने भएमा नियम ११९ बमोजिम नोकरीबाट हटाउने वा वर्खास्त गर्न सक्ने अधिकार पाएको अधिकारीले पर्चा खडा गरी सेवाको अन्त गर्न सक्नेछ । यसरी सेवाको अन्त गर्दा नियम ११५ बमोजिमको कार्यविधि अपनाउनु पर्ने छैन :–
(क) परीक्षणकालमा रहने गरी नियुक्ति भएकोमा नियुक्ति सदर नहुँदै,
(ख) करारमा नियुक्ति भएकोमा करारनामाको अवधि भुक्तान नहुँदै,
(ग) म्यादी पदमा नियुक्ति भएकोमा सो म्याद पूरा नहुँदै,
(घ) स्वीकृत चिकित्सकको बोर्डले शारीरिक दृष्टिले अनुपयुक्त ठहयाएमा ।
(२) उपनियम (१) बमोजिम सेवा अन्त गरेको निर्णय उपर त्यस्तो प्रहरी कर्मचारीले नियम ११८ मा उल्लेख भए बमोजिम पुनरावेदन गर्न सक्नेछ ।